खेलकूद
साफ अन्डर फिफ्टिन च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
२०७६ साउन १४ गते ११:४७

काठमाडौं । साफ अन्डर फिफ्टिन च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
पाँच राष्ट्रले सहभागिता जनाउने प्रतियोगिता भदौ ४ देखि १४ गतेसम्म भारतमा हुँदैछ । नेपालले भदौ ४ गते नै भारतविरुद्धको खेलबाट प्रतियोगिता शुरु गर्नेछ ।
प्रतियोगिताका सबै खेल पश्चिम बंगालको कल्याणी स्टेडियममा हुनेछ । प्रतियोगितामा नेपाल र भारतसँगै भुटान, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ ।
पाकिस्तान र माल्दिभ्स भने सहभागी छैनन् । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।
प्रतिक्रिया