सहयोग

आफ्नो उम्मेद्वारीमा सहयोग गर्न बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग देउवाको आग्रह (भिडियो रिपोर्टसहित)

६ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पनि सभापतिको उम्मेदवार हुने भन्दै बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । आफ्नै निवास बुढानीलकण्ठमा बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँगको...

नयाँ सरकारलाई सहयोग गर्छुः निवर्तमान मुख्यमन्त्री गुरुङ (भिडियो रिपोर्टसहित)

४ असार २०७८ पोखरा । नेकपा एमालेका नेता एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीयता बलियो बनाउनका लागि आफूले नयाँ सरकारलाई सहयोग गर्ने बताउनुभएको छ । प्रदेशसभामा आज बोल्दै नेता गुरुङले संघीयताको पक्षमा डटेर लागेमा यो सरकारलाई...

जर्मनीले नेपाललाई ४ अर्ब ८० करोड अनुदान सहयोग दिने

३१ जेठ २०७८ काठमाडौं । जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप चार अर्ब ८० करोड रुपैयाँ भन्दा बढी अनुदान दिने भएको छ । नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोग अन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन्...

कोभिड रोकथामका लागि थप सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान 

३१ जेठ २०७८ काठमाडौं । एम्नेस्टी इन्टरनेशनलले कोभिड–१९ को उपचार र रोकथामका लागि नेपाललाई थप अक्सिजन, कोरोनाविरुद्धको खोप र अत्यावश्यक मेडिकल सामग्रीको तत्काल आवश्यकता रहेको औंल्याएको छ । एम्नेस्टी इन्टरनेशनलले आज प्रेस वक्तव्यमार्फत कोभिड–१९ को दोश्रो लहरलाई सामना गर्नुपरिरहेको...

सात अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा

२९ जेठ २०७८ काठमाडौं । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि रु सात अर्ब २० करोड सहयोग गर्ने घोषणा गरेको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं...

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

२८ जेठ २०७८ पोखरा । भारतीय सेनाले नेपाली सेनालाई २८ करोड ८० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । छिमेकी पहिलो नीति अन्तर्गत भारतीय सेनाले प्रदान गरेको २८ करोड ८० लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण आज नेपाली...

अमेरिकाले विश्वका केही देशलाई ५० करोड डोज खोप सहयोग गर्ने

२७ जेठ २०७८ काठमाडौं । अमेरिकाले विश्वका केही देशलाई कोरोना भाइरस विरुद्धको ५० करोड डोज खोप सहयोग गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अबको दुई वर्षभित्र निम्न आय भएका एक सय देशलाई ५० करोड डोज खोप उपलब्ध...

नेपालद्वारा कोभिडविरुद्ध चिनियाँ सहयोगप्रति आभार व्यक्त, थप सहयोगको अपेक्षा

१२ जेठ २०७८ काठमाडौं । नेपाल सरकार र राजनीतिक दलहरुले कोरोना संक्रमणविरुद्धको लडाईंमा चिनियाँ सहयोगप्रति आभार व्यक्त गर्दै थप खोपको अपेक्षा गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीको अन्तर्राष्ट्रिय विभागले गरेको भर्चुअल संवादमा नेपालका नेताले कोरोना महामारीविरुद्धको लडाईंमा चीनले...

अर्काे सरकार बनेमा ‘रचनात्मक सहयोग गर्ने’ प्रधानमन्त्रीको घोषणा

७ जेठ २०७८ काठमाडौं । ‘‘तपाईँहरु मिलेर सरकार बनाउनुस् या मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन आउनुस् । अर्काे उपयुक्त विकल्प केही भएमा हिम्मतका साथ ल्याउनुस्, राजनीतिक तनावलाई शिथिल गरेर महामारीविरुद्ध एकताबद्ध भएर जाऔँ ।’’ देशमा कोभिङ–१९ को महामारी...

कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्न सभापति देउवाको अपिल

१ जेठ २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकभर कोरोना भाइरसको संक्रमणले उग्र रूप लिइरहेको विषम परिस्थितिमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई आवश्यक सहयोगका लागि अपिल गर्नु भएको छ । साथै उहाँले सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई...