विदेश

सहयोगका लागि नाइजरका राष्ट्रपतिको आह्वान

हिमालय टिभी
२०८० साउन १९ गते ७:३७
सहयोगका लागि नाइजरका राष्ट्रपतिको आह्वान

१९ साउन २०८० नाइजर । दक्षिण अफ्रिकी देश नाइजरका अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमले सहयोगका लागि आह्वान गरेका छन् ।

नाइजरका अपदस्थ राष्ट्रपतिले अमेरिका र अन्तर्राष्ट्रिय समुदाय समक्ष कू पछि संवैधानिक व्यवस्था पुनर्स्थापनाका लागि मद्दत गर्न आग्रह गरेका हुन् । अमेरिकी समाचार पत्रिका वाशिंगटन पोष्टको एक सुझाव लेख आफूले एक बन्धकको रूपमा लेखिरहेका उनले बताए । कू सफल भए आफ्नो देश, क्षेत्र र सम्पूर्ण विश्वका लागि विनाशकारी परिणाम हुने उनको चेतावनी छ ।

नाइजरका जनताले आफ्नो इतिहासको यो निर्णायक क्षणमा कसैको समर्थन कहिल्यै नबिर्सिने उनले उल्लेख गरेका छन् । उता हिजो नाइजरको राजधानी नियामीमा हजारौंले कू को समर्थन गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

उनीहरूले नाइजरमा आर्थिक र व्यापार प्रतिबन्ध लगाएकोमा क्षेत्रीय व्यापार समूह, पश्चिम अफ्रिकी देशको आर्थिक समुदायका अन्य पश्चिम अफ्रिकी देशको निन्दा गरे । गत हप्ताको सेनाको कू पछि सत्ताच्युत भएसँगै पश्चिम अफ्रिकामा अशान्ति फैलिएको छ ।

यस्तै सैनिक शासकले फ्रान्स, अमेरिका, नाइजेरिया र टोगोबाट आफ्ना राजदूत फिर्ता गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *