दक्षिण कोरियाका राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित
काठमाडौं : दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योएललाई सैनिक शासन लगाउने छोटो प्रयासपछि राष्ट्रिय सभाले महाभियोग लगाएको छ ।
आज भएको मतदानमा ३ सय सदस्यीय राष्ट्रिय सभामा २०४ जनाले महाभियोगको पक्षमा र ८५ जनाले विपक्षमा मतदान गरे । तीन जना सदस्यले मतदानबाट तटस्थ रहँदा आठ मत अमान्य घोषित भयो ।
गोप्य मतदानमार्फत भएको निर्णयमा दुई(तिहाइ बहुमत आवश्यक थियो। महाभियोगपछि राष्ट्रपति युन स्वतः आफ्नो पदबाट निलम्बित भएका छन्। महाभियोगपछि दक्षिण कोरियाको संवैधानिक अदालतले १८० दिनभित्र यो निर्णयलाई समीक्षा गर्दै अन्तिम निर्णय गर्नेछ ।
यदि अदालतले उनको पदच्युतिलाई मान्यता दियो भने, युन दक्षिण कोरियाको इतिहासमा पदच्युत गरिएका दोस्रो राष्ट्रपति हुनेछन् । यसअघि सन् २०१६ मा पूर्व राष्ट्रपति पार्क गुन(हेलाई महाभियोग लगाइएको थियो ।
प्रधानमन्त्री हान डक(सूले अस्थायी राष्ट्रपतिको जिम्मेवारी लिएका छन्। युनको सत्तारुढ कन्जरभेटिभ पार्टी, पिपुल पावर पार्टी, ले पहिलो महाभियोग मतदान बहिष्कार गरेको थियो । तर, पार्टीका नेता हान डोङ(हूनले दोस्रो मतदानमा भाग लिन पार्टी सदस्यहरूलाई आग्रह गरेका थिए ।
मतदानअघि कम्तीमा सात पिपुलका सांसदले युनको महाभियोगको पक्षमा मतदान गर्ने बताएका थिए। यसले आवश्यक २ सय मत पुर्याउन एक भोट मात्र आवश्यक थियो। मतदान अघि नै राजधानी सियोलमा युनको समर्थन र विरोधमा करिब दुई लाख मानिसले छुट्टा(छुट्टै प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया