भोटेनाम्लाङका बख्खु उद्यमी महिलालाई स्थानीय सरकारको सहयोग (भिडियो रिपोर्टसहित)

२०८० जेठ १५ गते १४:३६
भोटेनाम्लाङका बख्खु उद्यमी महिलालाई स्थानीय सरकारको सहयोग (भिडियो रिपोर्टसहित)

१५ जेठ २०८० सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका भोटेनाम्लाङका स्थानीय केही वर्ष अघिसम्म भेडा तथा बाख्राको ऊनबाट तयार गरिने राडीपाखी, बख्खु जस्ता कपडा बुन्ने काममा व्यस्त हुने गर्दथे ।

भुकम्पपछि कतिपय मानिस काठमाडौँ पलायन भए भने धेरै जसोले यो पेशा नै छाडे । तर, स्थानीय सरकारको पहलमा फेरि ग्रामीण महिला यो पेशामा फर्किएका छन् ।

कुनै समय भोटेनाम्लाङको गुरुङ र तामाङ समुदायका महिला भेडा तथा बाख्राको ऊनबाट तयार गरिने राडीपाखी, बख्खु जस्ता सामग्री बुन्न व्यस्त हुन्थे । तर २०७२ सालको भुकम्पपछि आर्थिक अभाव र विभिन्न कारणले यो पेशा छाड्ने बढे । तर, अहिले घरमै बसेका महिलालाई गाउँपालिकाले गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रममार्फत सिप विकास तालिम दिएर फेरि पुरानै पेशामा फर्काएको छ । तालिम पाएपछि स्थानीय महिला पनि हौसिएका छन् ।

तर बजारमा अहिले तयारी कपडा सस्तोमा पाइने भएकाले हातले तयार गरेका कपडाको माग घट्दै गएको छ । युवापुस्ताले सिप नसिक्नु र तयारी कपडाको व्यापार ग्रामीण क्षेत्रसम्म बढ्दै जानुले राडीपाखी र बख्खु जस्ता सामग्री विस्तारै लोप हुने अवस्थामा छ । गुरुङ र तामाङ समुदायको परम्परागत पेशाको संरक्षण र उद्यमी महिलालाई जीविकोपार्जन संग जोड्न स्थानीय तहले पनि आवश्यक सहयोग गर्न थालेका छन् ।

राडीपाखी व्यवसायलाई प्रर्वद्धन गर्न उत्पादन भएका सामग्रीको बजार व्यवस्थापन संगै कपडा बुन्नका लागि सुधारिएको आधुनिक मेसिनको सहयोग भएमा व्यावसायिक रुपमा यो पेशालाई निरन्तरता र पुस्तान्तरण गर्न सकिने उद्यमीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *