विदेश

फ्रान्सद्वारा नाइजरसँगको सैन्य सहयोग अन्त्य घोषणा

हिमालय टिभी
२०८० असोज ८ गते ८:५४
फ्रान्सद्वारा नाइजरसँगको सैन्य सहयोग अन्त्य घोषणा

८ असोज २०८० पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले अफ्रिकी मुलुक नाइजरसँगको सैन्य सहयोग अन्त्यको घोषणा गरेका छन् ।

राष्ट्रपति म्याक्रोंले नाइजरबाट आफ्नो राजदूत फिर्ता र सैन्य सहयोग अन्त्य गर्ने घोषणा गरेका हुन् । उनले फ्रान्सेली सेना आगामी महिनाबाट नाइजर छोडने बताए ।

गत जुलाईमा नाइजरमा सत्ता कब्जा गरेको सैन्य सरकारले फ्रान्सको निर्णयको स्वागत गरेको छ । सैन्य कू का समर्थकहरुले फ्रान्सका राजदूत फिर्ताको माग गर्दै राजधानी नियामीमा व्यापक विरोध प्रदर्शन गर्दै आएका थिए ।

यो निर्णयले सहेल क्षेत्रमा इस्लामिक लडाकु विरुद्ध फ्रान्सको कारबाही र त्यहाँ पेरिसको प्रभाव कमजोर हुने विश्लेषण गरिएको छ ।

भूपरिवेष्ठित मुलुक नाइजरमा करिब १ हजार ५ सय फ्रान्सेली सैनिक छन्। नाइजर पश्चिम अफ्रिकाका धेरै पूर्व फ्रान्सेली उपनिवेशहरू मध्ये एक हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *