Main News

ई-पासपोर्टका लागि अनलाइन फारम भर्न जिल्ला प्रशासनको सहयोग (भिडियो रिपोर्टसहित)

२०७९ माघ २८ गते २१:०६
ई-पासपोर्टका लागि अनलाइन फारम भर्न जिल्ला प्रशासनको सहयोग (भिडियो रिपोर्टसहित)

२८ माघ २०७९ इलाम । ई–पासपोर्टको लागि अनलाइन फाराम भर्न निकै समस्या झेल्दै आएका इलामका नागरिकले अहिले झन्झटबाट पार पाएका छन् ।

जिल्ला प्रशासन कार्यालय इलामले कार्यालयमै निःशुल्क फाराम भराउने व्यवस्था मिलाएपछि सेवाग्राही साइबर सेन्टर र बिचौलियासम्म पुग्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।

विचौलियाले कहिले नेट नचलेको त कहिले सिस्टमले काम नगरेको भन्दै महिनौ दिनसम्म झुलाउने गरेको सेवाग्राहीको गुनासो छ । तर अहिले यी सबै काम जिल्ला प्रशासन कार्यालयले निःशुल्क गरिदिएपछि राहत मिलेको सेवाग्राहीको भनाइ छ ।

कार्यालयले दैनिक डेढसय जना भन्दा बढीको फाराम भर्दै आएको छ । कार्यालयले सहज रूपमा सेवा प्रवाह गर्न थालेपछि प्रशासनमा अहिले राहादानीका लागि फाराम भराउने मात्र होइन राष्ट्रिय परिचयपत्र र नागरिकता बनाउनेको पनि भीड छ ।

अनलाइन फारामलाई सहज बनाउन प्रशासनले जिल्लाका १० वटै पालिकामा समन्वय गरेर थप जनशक्ति व्यवस्थापन गरेको छ । सेवा प्रवाहका लागि कर्मचारीको थप सेवा सुबिधा पुर्‍याउन प्रत्येक पालिकालाई मासिक ८ हजार माग गरिएको छ । पालिकाहरू पनि यसमा सकरात्मक देखिन्छन् ।

प्रशासनले गुनासो रहितको सेवालाई प्रभावकारी बनाउन नयाँ अभ्यास थालेको हो ।सेवा प्रवाहलाई गुणस्तरीय बनाउने अभियानमा लागेसँगै सरकारी निकायमा सुधारको संकेत देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *