Main News

उपचार सहयोगका लागि नेपालकै कान्छी प्राध्यापकको याचना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत ७ गते २१:१९
उपचार सहयोगका लागि नेपालकै कान्छी प्राध्यापकको याचना (भिडियो रिपोर्टसहित)

७ चैत २०७९ काठमाडौं । पूर्वराष्ट्रपतिदेखि सांसदसम्मले राज्यबाट स्वास्थ्य उपचारको लागि लाखौं रकम पाउँछन् । उनीहरुले स्वदेशमा उपचार गरुन् वा विदेशमा राज्यले उनीहरुको सबै खर्च विना हिच्किचाहट व्यहोरी दिन्छ । एउटा प्राध्यापकले भने उपचार खर्चको अभावमा सबैलाई याचना गर्नुपर्ने अवस्था छ ।

त्रिभुवन विश्व विद्यालयको गणित केन्द्रीय विभागको प्रमुख टंकनाथ धमला, आफ्नो विभागमा कार्यरत प्राध्यापक डाक्टर उर्मिला प्याकुरेल । प्राध्यापक उर्मिला अहिले ४२ वर्ष पुग्नुभयो । ४१ वर्षमा प्राध्यापक भएकी उर्मिला नेपालकै कान्छी प्राध्यापकको रुपमा परिचित हुनुहुन्छ । छ वर्षदेखि स्तन, डिम्बासय, पेट, कलेजो र फोक्सोको क्यान्सरविरुद्ध लडिरहनु भएको छ ।

सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नम्बर (३, कालीका(उखुवारीकी प्याकुरेलले ३५ वर्षमा गणितमा पीएचडी गर्नुभयो । उहाँ त्यही बेलादेखि क्यान्सरसँग जुध्दै आउनु भएको छ । सात बर्षदेखि उच्चमनोबलका साथ क्यान्सरसँग लड्दै आएकी प्याकुरेलले उपचार खर्च पनि आफैं जुटाउँदै आउनु भएको थियो । तर अहिले खर्चले नधान्ने भए पछि सहयोगको याचना गर्नुभएको हो ।

सिद्धार्थ बैंक, तीन कुने, काठमाडौं, नेपाल
खाता नम्बर ०१७१५१६२७२१
सम्पर्क नम्बरः ९८४१०४९६८८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *