क्रिकेट

विश्वकप क्रिकेट लिग–२ : नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित

२९ भदौ २०७८ काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो । अमेरिकाले टस...

त्रिकोणात्मक क्रिकेट सिरिज आजदेखि शुरु हुँदै

२८ भदौ, २०७८ ओमानं । आईसीसी विश्वकप क्रिकेट लीग–टु अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एक दिवसीय श्रृंखला आजदेखि शुरु हुँदैछ । ओमानमा हुने त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा आज नेपाल र अमेरिकाले प्रतिस्पर्धा गर्दैछन । लीग–टु अन्तर्गत नेपालले यसअघि...

पपुवा न्युगिनीविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले बनायो यस्ता कीर्तिमान

२६ भदौ २०७८ काठमाडौं । पपुवा न्युगिनीविरुद्धको दोस्रो एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपालले विभिन्न कीर्तिमान बनाएको छ । पीएनजीलाई १ सय ५१ रनको फराकिलो अन्तरले हराउँदै नेपालले अहिलेसम्मकै फराकिलो जित निकालेको छ । यसअघि नेपालले सन् २ हजार...

नेपालले आज पपुवा न्युगिनीविरुद्ध दोस्रो एक दिवसीय क्रिकेट खेल्दै

२५ भदौ २०७८ काठमाडौं । ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्युगिनी (पीएनजी) सँग दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ । पीएनजीसँगको दुई खेलको सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । नेपाल र पीएनजीबीचको खेल...

पहिलो एक दिवसीय क्रिकेटमा पपुवा न्युगिनीविरुद्ध नेपालको शानदार जित

२२ भदौ २०७८ काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लीग टुको तयारीका क्रममा पपुवा न्युगिनी (पीएनजी)सँग खेलेको पहिलो एक दिवसीय क्रिकेटमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरत क्रिकेट ग्राउण्डमा नेपालले पीएनजीलाई २ विकेटले हराएको हो...

पहिलो एक दिवसीय क्रिकेटमा नेपालसामू पपुवा न्युगिनीद्वारा १३५ रनको लक्ष्य

२२ भदौ २०७८ काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लीग टुको तयारीका क्रममा पपुवा न्युगिनी पिएनजीसँग खेलेको पहिलो एक दिवसीय क्रिकेट जित्न नेपालले १ सय ३५ रनको लक्ष्य पाएको छ । ओमानको अल अमेरत क्रिकेट ग्राउण्डमा पहिले...

श्रीलंकाका बलर धम्मिका प्रसादले भैरहवा ग्ल्याडियटर्सबाट ईपीएल क्रिकेट खेल्ने

१९ भदौ २०७८ काठमाडौं । श्रीलंकाका बलर धम्मिका प्रसादले भैरहवा ग्ल्याडियटर्सबाट चौंथो संस्करणको एभरेष्ट प्रिमियर लीग (ईपीएल) क्रिकेट खेल्ने भएका थिए । भैरहवाले धम्मिकालाई ईपीएलका लागि अनुबन्ध गरिएको जनाएको छ । ३८ वर्षीय फास्ट बलर धम्मिकाले श्रीलंकाका लागि २५...

पहिलो एक दिवसीय क्रिकेटमा श्रीलंकासँग दक्षिण अफ्रिका पराजित

१८ भदौ २०७८ काठमाडौं । घरेलु टिम श्रीलंकाले पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकालाई पराजित गरेको छ । कोलम्बोमा गए राति भएको खेलमा श्रीलंकाले दक्षिण अफ्रीकालाई १४ रनले हराएको हो । जितसँगै तीन खेलको सिरिजमा श्रीलंकाले १–० को अग्रता बनाएको...

त्रिकोणात्मक क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक

१० भदौ २०७८ काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लीग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाको खेल तालिका सार्वजनिक भएको छ । खेल तालिका अनुसार नेपालले पहिलो खेल अमेरिकासँग आउँदो भदौ २८ गते खेल्नेछ । यस्तै नेपालले...

राष्ट्रिय क्रिकेट टोली आज ओमान प्रस्थान

८ भदौ २०७८ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान प्रस्थान गरेको छ । आईसीसी विश्वकप क्रिकेट लीग–टु अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय श्रृंखलाका लागि नेपाली टोली त्यसतर्फ लागेको हो । टोली बिहान ८ बजे सलाम...