खेलकूद

आयरल्याण्डविरुद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेट श्रृंखलामा भारतको विजयी शुरुवात

हिमालय टिभी
२०८० भदौ २ गते ८:१९
आयरल्याण्डविरुद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेट श्रृंखलामा भारतको विजयी शुरुवात

२ भदौ २०८० काठमाडौं । भारतले आयरल्याण्डविरुद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखलामा विजयी शुरुवात गरेको छ।

पहिलो ट्वेन्टी–ट्वेन्टीमा डकवर्थ लुईसका आधारमा भारत दुई रनले विजयी भएको हो । १४० रनको लक्ष्यसहित मैदान ओर्लेको भारतको इनिंग्स वर्षाका कारण प्रभावित भयो ।

वर्षा शुरु हुँदा भारत ६ दशमलव ५ ओभरमा दुई विकेट गुमाएर ४७ रनको स्थितीमा थियो । त्यसपछि खेल शुरु हुन नसकेपछि भारतलाई विजेता घोषित गरियो ।

भारतका ब्याटर यशस्वी जैसवाल २४ र तिलक वर्मा शुन्य रनमा आउट भए । त्यस्तै ऋतुराज गायकवाड १९ र सञ्जु स्यामसन एक रनमा अविजित रहे ।
यसअघि डब्लिनमा टस हारेर ब्याटिङ गरेको घरेलु टोली आयरल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।

आयरल्याण्डका बेरी म्याकर्थीले नटआउट ५१ रन बनाए । त्यस्तै कर्टिस क्याम्पहेर ३९ तथा मार्क एडिर १६ रनमा आउट भए ।

बलिङमा भारतका जसप्रित बुमराह, प्रसिद्द कृष्णा र रवि बिश्नोइले समान २ विकेट लिए । भारतले आयरल्याण्डसँग ३ वटा ट्वेन्टी–ट्वेन्टीको शृंखला खेल्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्