खेलकूद
इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपाल र युएई भिड्दै
२०८० साउन ३ गते ९:४५
३ साउन २०८० काठमाडौं । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपालले आज अन्तिम खेल खेल्दैछ ।
समूह बी अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले युएई ए सँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल आज पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान ओर्लने छ ।
नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले र दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । लगातार दुई हारसँगै नेपाल र युएई प्रतियोगिताबाट बाहिरिइ सकेका छन् ।
आठ टोली सहभागी प्रतियोगितामा समूह ए बाट श्रीलंका र बंगलादेश तथा समूह बी बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।
खेल नेपाली समय अनुसार सवा दश बजे शुरु हुनेछ । आजै हुने अर्को खेलमा भारत ए र पाकिस्तान ए भिड्ने छन् ।
प्रतिक्रिया