खेलकूद
पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा युएई न्युजिल्याण्डसँग १९ रनले पराजित
२०८० भदौ १ गते ९:२३
१ भदौ २०८० काठमाडौं । न्यूजिल्याण्डले पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलमा युएईलाई १९ रनले पराजित गरेको छ ।
१५६ रनको मध्यम लक्ष्य पछ्याएको घरेलु टोली युएई दुई बल अगावै १३६ रनमा अलआउट भयो । उसका लागि अर्यांश शर्माले ६० रन बनाए ।
त्यस्तै अली नासिर १६ रनमा आउट भए । न्यूजिल्याण्डका टीम साउथीले पाँच विकेट लिए ।
यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । न्यूजिल्याण्डका ब्याटर टीम सिफर्टले ५५ तथा जेम्स निसमले २५ रन बनाए ।
कोल म्याकन्ची ३१ रनमा अविजित रहे । युएईका जुनैद सिद्दिकी र बासिल हामिदले समान २ विकेट हात पारे । जितसँगै तीन खेलको शृंखलामा पाहुना टोली न्यूजिल्याण्डले १० को अग्रता बनाएको छ ।
प्रतिक्रिया