खेलकूद

पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा वेष्टइन्डिजले भारतलाई ४ रनले हरायो

हिमालय टिभी
२०८० साउन १९ गते ७:४३
पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा वेष्टइन्डिजले भारतलाई ४ रनले हरायो

१९ साउन २०८० काठमाडौं । वेष्ट इण्डिजले पहिलो ट्वेन्टीट्वेन्टी क्रिकेटमा भारतलाई ४ रनले हराएको छ ।

१५० रनको मध्यम लक्ष्य पछ्याएको भारतले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४५ रनमात्र बनाउन सक्यो । भारतका ब्याटर तिलक वर्माले ३९, सूर्यकुमार यादवले २१ तथा कप्तान हार्दिक पाण्ड्याले १९ रन बनाए ।

बलिङमा वेष्ट इण्डिजका ओबेड मेकोय, ज्यासन होल्डर र रोमारियो शेफर्डले समान २ विकेट लिए । यसअघि ट्रिनिडाडको ब्रायन लारा रंगशालामा टस जितेर ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १४९ रन बनाएको थियो ।

वेष्ट इण्डिजका लागि कप्तान रोभम्यान पावेलले ४८ तथा निकोलस पुरनले ४१ रन बनाएका थिए । त्यस्तै ब्रान्डन किंग २८ रनमा आउट भए । भारतका अर्शदीप सिंह र युजभेन्द्र चहेलले २-२ विकेट लिए । जितसँगै घरेलु टोली वेष्ट इण्डिजले ५ खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्