खेलकूद

दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा युएईसँग न्युजिल्याण्ड ७ विकेटले पराजित

हिमालय टिभी
२०८० भदौ ३ गते ८:१८
दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा युएईसँग न्युजिल्याण्ड ७ विकेटले पराजित

३ भदौ २०८० काठमाडौं । युएईले दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलमा न्यूजिल्याण्डलाई ७ विकेटले हराएको छ ।

१४३ रनको लक्ष्य घरेलु टोली युएईले २६ बल अगावै मात्र ३ विकेट गुमाएर भेट्टायो । युएईको जितमा कप्तान मुहम्मद वसिमले ५५ रन बनाए ।

त्यस्तै आसिफ खान ४८ रनमा अविजित रहँदा वृत्य अरविन्दले २५ रन जोडे । बलिङमा न्यूजिल्याण्डका टीम साउथी, मिचेल सान्टनर र काइल जेमिन्सनले समान एक विकेट लिए ।

यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १४२ रन बनाएको थियो ।

न्यूजिल्याण्डका ब्याटर मार्क चापम्यानले ६३ रन जोडे । त्यस्तै जेम्स निसम र चाड बोउसले समान २१ रनमा आउट भए । युएईका आयान अफजल खानले ३ तथा मुहम्मद जवादुल्लाहले २ विकेट लिए ।

यसँगै तीन खेलको शृंखला ११ को बराबरी भएको छ । पाहुना टोली न्यूजिल्याण्डले पहिलो खेल १९ रनले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्