अभिव्यक्ति

भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेपालले जनायो औपचारिक आपत्ति

४ फागुन २०७७ काठमाडौं । नेपालमा भारतीय जनता पार्टीको सरकार गठन गर्ने तयारी भइरहेको भनेर भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको अभिव्यक्तिप्रति नेपालले औपचारिक रुपमा आपत्ति जनाएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अभिव्यक्तिबारे सरकारले आपत्ति जनाइसकेको जानकारी दिनुभएको हो...

सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजेको आरोप (भिडियो रिपोर्टसहित)

३ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसले सामाजिक सन्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजिएको भन्दै विरोध गरेको छ । व्यापक विरोधका बावजुद सरकारले ‘सामाजिक सन्जाल व्यवस्थापन निर्देशिका’का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयक ल्याउने तयारी गरेको...

सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको स्रष्टाको आरोप (भिडियो रिपोर्टसहित)

३० माघ २०७७ काठमाडौं । सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको भन्दै स्रष्टा र कलाकारले काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले काठमाडौंको बसन्तपुरदेखि सिंहदरबारसम्म प्रदर्शन गरेका हुन् । अहिले ओली सरकारले जे गरिरहेको छ, त्यो प्रतिगमन हो भन्ने उनीहरुको...

प्रचण्डलाई जुमा थुन्ने गृहमन्त्रीको अभिव्यक्तिप्रति नेता रावलको यस्तो प्रतिक्रिया

२३ माघ २०७७ काठमाडौं । प्रचण्ड लगायतका नेताहरुलाई थुन्ने गृहमन्त्री रामबहादुर थापाको अभिव्यक्तिलाई प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले दुःस्वप्न भन्नुभएको छ । ट्वीटरमार्फत रावलले गृहमन्त्रीको अभिव्यक्तिका विषयमा प्रतिक्रिया दिनुभएको हो । निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने प्रधानमन्त्री...

ह्वाइट हाउसअगाडी ट्रम्पविरुद्ध गालीगलौज, अभिव्यक्ति स्वतन्त्रताको उपयोग (भिडियोसहित)

१७ कात्तिक, २०७७ वाशिङ्टन डिसी । नेपालमा हामीले सामाजिक सञ्जालमा लेखिएका विरोधका आवाजकै भरमा प्रहरीले कारवाही गरिरहेको देख्दै र भोग्दै आएका छौं । तर विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकामा राष्ट्रपतिको विरोधमा उनकै निवास अगाडि धर्ना दिने र जथाभावी पोष्टर...

नेपालबारे आपत्तिजनक अभिव्यक्ति दिएका भारतीय स्थल सेनाध्यक्ष सम्मान लिन नेपाल आउँदै

२९ असोज, २०७७ काठमाडौं । नेपालबारे आपत्तिजनक अभिव्यक्ति दिएका भारतीय स्थल सेनाप्रमुख मनोज मुकुन्द नरावणे नेपाली सेनाको मानार्थ महारथीको सम्मान लिन कात्तिक तेस्रो साता काठमाडौं आउने भएका छन्। नेपाल सरकारले गत माघमै नरावणेलाई मानार्थ महारथीको सम्मान दिने निर्णय गरेपनि...

परराष्ट्रले भन्यो–प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषय होइन

३० असार, २०७७ काठमाडौं । राम र अयोध्याका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिब्यक्ति विवादमा परेपछि परराष्ट्रमन्त्रालय बचाउमा उत्रिएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषय नभएको प्रष्टिकरण दिएको छ । मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति कुनै...