Main News

जिल्ला कृषि कार्यालय मुगुका प्रमुखको हर्कत : गैर जिम्मेवार अभिव्यक्ति र हातपात (भिडियो रिपोर्टसहित)

२०७९ असोज ३ गते २१:१८
जिल्ला कृषि कार्यालय मुगुका प्रमुखको हर्कत : गैर जिम्मेवार अभिव्यक्ति र हातपात (भिडियो रिपोर्टसहित)

३ असोज २०७९ मुगु । मुगुमा रहेको माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगमा छैन । २०७३ सालमा पाँच लाख रुपैयाँ लगानीमा स्थापना भएको प्रयोगशाला कर्मचारी अभावका कारण प्रयोगविहीन बनेको हो ।

यस विषयमा हाम्रा मुगु संवाददाताले रिपोर्टिङ गर्न खोज्दा जिल्ला कृषि कार्यालयका प्रमुखले गैर जिम्मेवार अभिव्यक्ति दिने, बुम फ्याँक्नेलगायतका हर्कत गर्नुभएको छ ।

२०७३ सालमा धुमधामका साथ जिल्ला कृषि विकास कार्यालय मुगुमा माटो परीक्षण प्रयोगशाला स्थापना गरियो । प्रयोगशाला स्थापनासंगै खुसी भएका किसान आफ्नो खेतबारीमा माटो परीक्षण गरेर त्यसै अनुरुप बढी उत्पादन हुने बाली लगाउने आशमा थिए । तर, त्यसो हुन सकेन ।

प्रयोगशालाका सामान प्रयोगमा नआउँदा कृषि विकास कार्यालयको एक कोठामा थन्किएको छ । प्रयोगशालामा लाखौँ पर्ने बहुमुल्य सामग्री छन् ।

किन प्रयोगशाला प्रयोगविहीन भयो भनेर प्रश्न गर्दा जिल्ला कृषि विकास कार्यालय मुगुका प्रमुख खेमराज शाहीले भने जवाफ दिनुको सट्टा उल्टै हर्काने काम गर्नुभएको छ । कारण खोज्दा जवाफ दिन्न भन्ने, बुम फ्याँकेर गैर जिम्मेवार हर्कत गर्नुभएको छ ।

जवाफ लिन पहिलोपटक जाँदा पछि आउन आग्रह गर्नुभएका शाहीले दोस्रो पटक भने यसरी बुम फ्याँक्दै दूर्व्यवहार गर्नुभयो । माटो प्रयोगशाला नहुँदा मुगुका किसानले आफ्नो खेतबारीको माटोको गुणस्तर थाहा पाउन सकेका छैनन् ।

समस्या सुल्झाउनुपर्नेमा उल्टै रिपोर्टिङमा गएका सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्ने शाहीको धृष्टता खेदजनक नै छ । जवाफ नदिँदैमा माटोका कारण मुगुवासीले भोगेका समस्या कतै लुकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *