Main News

नागरिकता विधेयक : दलहरुको स्वार्थ अनुकूल अभिव्यक्ति, चुलिँदो आशंका (भिडियो रिपोर्टसहित)

२०७९ साउन ७ गते २१:१७
नागरिकता विधेयक : दलहरुको स्वार्थ अनुकूल अभिव्यक्ति, चुलिँदो आशंका (भिडियो रिपोर्टसहित)

७ साउन २०७९ काठमाडौं । लामो विवाद र रस्साकस्सीबीच प्रतिनिधिसभाबाट पारित नागरिकता विधेयकबारे प्रमुख दलका शीर्ष नेताहरुको फरकफरक अभिव्यक्ति आएको छ । दलहरुले आआफ्नो स्वास्थअनुसार अभिव्यक्ति दिन थालेपछि यो विधेयकले पनि लामो समयदेखिको नागरिकता समस्या हल गर्नेमा शंका पैदा भएको छ ।

नागरिकता विधेयक पारित भएको भोलिपल्ट जनकपुरधाममा माओवादी केन्द्रका अध्यक्ष एवं सत्ता गठबन्धनका प्रमुख नेता पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति हो यो ।

अघिल्लोपटक मधेस आउँदा नागरिकताको समस्या यही सदनबाट पूरा गर्ने प्रतिवद्धता जनाएको र अहिले पूरा भएको दाबी गर्दै प्रचण्डले आगामी चुनावमा मधेसी जनताले माओवादीलाई साथ दिनुपर्ने तर्क गर्नुभयो। तर प्रचण्डले नागरिकता विधेयक पारित गरेर आफूले मधेसी जनतासँग गरेको प्रतिबद्धता पूरा गरेको दाबी गरिरहँदा मधेस केन्द्रित राजनीति गर्ने दलका नेताहरु भने सरकारको प्रतिवद्बता र जनताको आवश्यकता अनुसार विधेयक आउन नसकेको बताएका छन् । सरकारले हतारमा विधेयक पारित गरे पनि मधेसी जनताको माग सम्बोधन नभएको नेताहरुले बताएका हुन् ।

त्यसो त प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शीरमा सिन्दुर हुँदासाथ हातमा नागरिकता दिन मिल्ने विधेयक गलत भएको बताउँदै निश्चित अवधि र अन्तर्राष्ट्रिय मान्यतालाई ख्याल राखेर मात्र नागरिता दिनुपर्ने तर्क गर्नुभएको छ । ज्ञवालीले नागरिकता विधेयक राष्ट्र हितमा नभएको टिप्पणी गर्नुभयो ।

राप्रपाका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले पनि यो विधेयक गलत भएको बताउनुभएको छ । संसदबाट विधेयक पारित भइसकेको अवस्थामा दलका शीर्ष नेताबाट फरक फरक अभिव्यक्ति आउँदा कतै नागरिककताका खास समस्या समाधान नहुने तर अरु कसैको स्वार्थ पुरा गर्नका लागि विधेयक ल्याइएको त हैन भन्ने प्रश्न पनि उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *