Main News

मन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेद्वारा संसद अवरोध (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ १३ गते १२:४५
मन्त्रीको अभिव्यक्तिविरुद्ध एमालेद्वारा संसद अवरोध (भिडियो रिपोर्टसहित)

१३ जेठ २०७९ काठमाडौं । विपक्षी दलका नेताको अभिव्यक्तिलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले स्तरहीन भनेपछि नेकपा एमालेले संसद अवरुद्ध गरेको छ ।

प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोलेका उद्योग मन्त्री बडूले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा हिजो दिएको अभिव्यक्तिलाई स्तरहीन भन्नुभएको थियो ।

बडुको अभिव्यक्ति लगतै एमाले सांसद खगराज अधिकारीले नियमापत्ति गर्नुभएको थियो । सभामुखले आफ्नो ध्यानाकर्षण भएको बताएपछि उद्योगमन्त्री बडूले आफ्नो सम्बोधन जारी राख्नुभएको थियो ।

तर मन्त्री बडुले बोल्ने क्रममा आफू प्रधानमन्त्री हुँदा कमिशनको चास्नीमा रमाएको अवस्थामा सत्ता गुमाउन पुगेकाले कमिशन बाहेक केही देख्न नसकेको भनेपछि एमाले संसदहरु फेरि उठेर संसद अवरोध गरेका हुन् ।

विपक्षी दलका नेतामाथि गरेको टिप्पणी रेकर्डबाट हटाउनुपर्ने एमाले सांसदको माग छ । सभामुखले आजको संसदको पहिलो सत्र स्थगित गर्नुभएको थियो ।
आजको संसद बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि निरन्तर छलफलको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *