खेलकूद

प्रिमियर लीगमा म्यानचेष्टर सिटीको विजयी यात्रा जारी

हिमालय टिभी
२०७८ पुष १५ गते ९:१४
प्रिमियर लीगमा म्यानचेष्टर सिटीको विजयी यात्रा जारी

१५ पुस २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फुटबलमा म्यानचेष्टर सिटीको विजयी यात्रा जारी छ ।

प्रिमियर लीग अन्तर्गत शीर्ष स्थानको सिटीले ब्रेन्टफोर्डमाथि १(० गोलको संघर्षपूर्ण जित निकालेको हो । अवे मैदानमा सिटीका लागि फिल फोडेनको गोल नै निर्णायक रह्यो ।

उनले १६औं मिनेटमा केभिन डी ब्रुनीको पासमा गोल गरेका थिए । जितसँगै सिटीले आफ्नो अग्रता ८ अंकले बढाएको छ । सिटीले २० खेलमा ५० अंक जोड्दा समान खेलबाट ४२ अंकसहित चेल्सी दोस्रो स्थानमा छ ।

लीग अन्तर्गत नै गएराति ब्राइनटनसँग ११ गोलको बराबरी खेल्दै चेल्सीले दोस्रो स्थानमा उक्लिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्