विदेश

तान्जानियामा बाढी र पहिरोमा परेर ४७ जनाको मृत्यु

हिमालय टिभी
२०८० मंसिर १८ गते ८:२३
तान्जानियामा बाढी र पहिरोमा परेर ४७ जनाको मृत्यु

१८ मंसिर २०८० तान्जानिया । अफ्रिकी मुलुक तान्जानियाको उत्तरी क्षेत्रमा बाढी र पहिरोमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ ।

८० जना भन्दा बढी घाइते भएका छन्। ठूलो क्षेत्रमा लगाएको बालीनाली बाढी पहिरोले बगाएको छ । धेरै घर र पूर्वाधारमा पनि क्षति पुगेको छ ।

मुसलधारे वर्षा पछि माउन्ट हानाङ नजिक आएको बाढी पहिरोले ठूलो जनधनको क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति सामिया हसनले उद्धारमा राष्ट्रिय सुरक्षा बल तैनाथ गरिएको बताएका छन्।

मौसम विज्ञान विभागले यो महिना अझै वर्षा जारी रहने जनाएको छ। तान्जानियामा बाढी सबैभन्दा ठूलो प्राकृतिक प्रकोप बन्दै आएको छ । जसका कारण जसले प्रत्येक वर्ष हजारौं मानिस प्रभावित हुने गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *