विदेश

गाजामा अस्थायी युद्धविरामका लागि अमेर्किी दबाब जारी

हिमालय टिभी
२०८० कार्तिक २० गते ८:०७
गाजामा अस्थायी युद्धविरामका लागि अमेर्किी दबाब जारी

२० कात्तिक २०८० बाग्दाद । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा अस्थायी युद्धविरामको लागि दबाब जारी राखेका छन् ।

मध्यपूर्वको भ्रमणका क्रममा बग्दाद पुगेका ब्लिन्केनले गाजामा मानवीय सहायतका लागि अस्थायी युद्धविराम गर्न आवश्यक रहेकोमा जोड दिएका हुन् ।

उनले क्षेत्रीय नेताहरुले यस्तो निर्णयको स्वागत गर्ने पनि बताए । तर ओमानमा भने अरब राष्ट्रका नेताहरुले अमेरिकी विदेशमन्त्री ब्लिन्केनसमक्ष तत्काल युद्धविरामको पहल गर्न माग गरेका थिए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बन्धकलाई रिहा नगरेसम्म अस्थायी युद्धविराम नहुने स्पष्ट पारेका छन् । यता आक्रमण जारी राखेको इजरायली सेना गाजाको दक्षिणी तटीय क्षेत्रमा पुगेको छ । इजरायली सेनाले आइतवार राति युद्ध शुरु यताकै ठूलो हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ ।

गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १४ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । २ सय भन्दा बढी अपहरण परेका छन् । त्यसयता इजरायलले गरेको आक्रमणमा गाजामा ९ हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *