विदेश
अमेरिकाको फ्लोरिडामा गोली चल्दा तीन जनाको मृत्यु
२०८० भदौ १० गते ९:३१

१० भदौ २०८० फ्लोरिडा । अमेरिकाको फ्लोरिडास्थित एक स्टोरमा बन्दुकधारीले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुने दुई पुरुष र एक महिला तीनै जना अश्वेत व्यक्ति हुन् । आक्रमण लगत्तै बन्दुकधारीले फ्लोरिडाको ज्याक्सनभिलमा आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
सेमी अटोमेटिक राइफल र एउटा ह्याण्डगन बोकेको २० वर्षीय गोरा जातिको युवकले स्टोरमा प्रवेश गरी गोली चलाएको थियो । यसक्रममा प्रहरीसँग झडप समेत भएको थियो ।
शहरका मेयर डोना डिगनले आक्रमण जातीय घृणाद्वारा गरिएको अपराध भनेका छन् । अमेरिकामा यस वर्ष गोलीकाण्डका कारण २८ हजार जनाको मृत्यु भैसकेको छ ।
प्रतिक्रिया