विदेश

पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

हिमालय टिभी
२०८० भदौ ८ गते ८:३७
पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

८ भदौ २०८० न्युयोर्क । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मसमर्पण गरेका छन् ।

ट्रम्पले जर्जिया राज्यको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पणपछि प्रशासनले उनलाई औपचारिकरुपमा पक्राउ गरेको बताएको थियो ।

त्यसपछि उनको औंलाका छापहरु लिनुका साथै कार्यालय प्रयोजनका लागि लिइने अनुहारको फोटो अर्थात मगशट लिइएको थियो । मगशट लिइने ट्रम्प पहिलो अमेरिकी पूर्व राष्ट्रपति हुन् ।

उनीमाथि जर्जियामा सन् २०२० को निर्वाचनमा आफ्नो हारलाई उल्टाउने प्रयास गरेको आरोपमा मुद्दा दायर गरिएको थियो । उनी जमानतका लागि तय भएको दुई लाख अमेरिकी डलर तिरेर २० मिनेटपछि नै बाहिरिएका थिए । अदालतमा निवेदन दर्ता गर्न ट्रम्प केही समयपछि आउने छन् ।

उनीमाथि ठगी र झूटा बयानसहित १३ आरोप लागेका छन् । उनले आफूमाथिको सबै अस्वीकार गर्दै ती राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् । ट्रम्पमाथि यो चौथो आपराधिक मुद्दा हो । उनी सन् २०२४ मा फेरि राष्ट्रपतिका लागि उम्मेदवार बन्ने तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *