विदेश

रुसको निजी सैन्य समूहका प्रमुखको विमान दुर्घटनामा मृत्यु भएको आशंका

हिमालय टिभी
२०८० भदौ ७ गते ९:०३
रुसको निजी सैन्य समूहका प्रमुखको विमान दुर्घटनामा मृत्यु भएको आशंका

७ भदौ २०८० मस्को । रुसको निजी सैन्य समूह वाग्नर ग्रुपका प्रमुख येभगेनी प्रिगोजिन सवार विमान दुर्घटनामा परेको छ ।

प्रिगोजिनसहित १० जना रहेको विमान रुसको तेवेर शहरमा दुर्घटना परेको हो । दुर्घटनास्थलमा कोही पनि जीवित फेला नपरेको बताइएको छ । रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीद्वारा सार्वजनिक दुर्घटनामा मृत्यु हुनेको सूचीमा प्रिगोजिन र सहसंस्थापक दिमित्री उतकिनको नाम पनि उल्लेख छ ।

रुसको आपत्कालीन मन्त्रालयले विमानमा तीन चालक दलका सदस्य र सात यात्रु सवार रहेको बताएको छ । यात्रुहरूको सूचीमा प्रिगोजिनको पनि नाम रहेको भएपनि उनको मृत्यु भएको पुष्टि भइसकेको छैन ।

विमान आक्रमणपछि वा अन्य कुनै कारणले दुर्घटना भएको हो भन्ने एकिन भइसकेको छैन । वाग्नर भाडाका सैनिक उपलब्ध गराउने कम्पनी हो । युक्रेन विरुद्धको लडाइँमा रुसी सेनाबाट पर्याप्त हतियार नपाएको भन्दै वाग्नर असन्तुष्ट थियो ।

गएको जुन महिनामा आफ्ना असन्तुष्टिका बीच वाग्नर समूहले राजधानी मस्को कब्जा गर्ने धम्की दिएको थियो । तर पछि वाग्नर पछि हटेको थियो । रक्तपात रोक्न विद्रोह स्थगित गरेको भन्दै प्रिगोजिन त्यसपछि बेलारुस गएका थिए ।

त्यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई धोका दिने हरेक व्यक्तिले दण्ड सजाय भोग्नुपर्ने चेतावनी दिएका थिए । वाग्नरसँग करिब ५० हजार सैनिक रहेको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *