विदेश

युक्रेनको ड्रोन हमलामा रुसी बमवर्षक विमान ध्वस्त

हिमालय टिभी
२०८० भदौ ५ गते ९:३४
युक्रेनको ड्रोन हमलामा रुसी बमवर्षक विमान ध्वस्त

५ भदौ २०८० युक्रेन । युक्रेनले ड्रोन हमलामा एक प्रमुख रुसी लामो दूरीको बमवर्षक विमान ध्वस्त भएको छ ।

सेन्ट पिटर्सबर्गको दक्षिणमा रहेको सोल्ट्सी–२ एयरबेसमा आगो लागेको देखिएको बीबीसीले जनाएको छ । मस्कोले युक्रेनको ड्रोन आक्रमणबाट बमवर्षक विमानमा क्षति पुगेको जनाएको छ ।

रुसी रक्षा मन्त्रालयको विज्ञप्तिमा एयरफिल्डको पार्किङमा लागेको आगो छिट्टै निभाइएको उल्लेख छ । सोल्ट्सी–टु एअरबेस युक्रेनको सीमाबाट करिब ६ सय ५० किलोमिटर टाढा छ ।

युक्रेनले भने आक्रमणबारे कुनै प्रतिक्रिया जनाएको छैन । टु–ट्वेन्टी टु बमवर्षक विमानले ध्वनिको गतिको भन्दा दोब्बर गति हुन्छ । रूसले युक्रेनका शहरहरूमा आक्रमण गर्न यसको व्यापक रूपमा प्रयोग गरेको छ।

सोल्ट्सी–टु एअरबेस युक्रेनको सीमाबाट करिब ६ सय ५० किलोमिटर टाढा छ । किभले हालैका महिनाहरूमा मस्कोमा ड्रोन आक्रमणहरु गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *