अमेरिका, जापान र दक्षिण कोरियाबीच त्रिपक्षीय साझेदारीको सहमति
२ भदौ २०८० वाशिंगटन डीसी । अमेरिका, जापान र दक्षिण कोरियाबीच त्रिपक्षीय साझेदारीको नयाँ युग शुरु गर्ने सहमति भएको छ ।
चीन र उत्तर कोरियाको गतिविधिले क्षेत्रीय शान्ति र स्थिरतामा गंभीर चुनौति थपिएको भन्दै उनीहरुबीच त्रिपक्षीय साझेदारीलाई बढावा दिने सहमति भएको हो ।
वाशिंगटन डीसी नजिकै अमेरिकी राष्ट्रपति जो बाइडेन, दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीचको ऐतिहासिक शिखर सम्मेलनमा आपसी सहयोग सुदृढ पार्ने समझदारी बनेको छ ।
नेताहरूले वार्षिक सैन्य अभ्यास, तीन देशबीच सञ्चार संयन्त्रलाई बढावा दिने विषयमा पनि सहमति गरेका छन् । सम्मेलनले क्षेत्रीय सुरक्षा कायम गर्न दक्षिण चिनियाँ सागरमा चीनको खतरनाक उपस्थिति र उत्तर कोरियाको सैन्य उन्माद चुनौती बनेको भन्दै निन्दा गरिएको छ ।
चीनले भने क्याम्प डेभिडमा भएको सम्मेलनको आलोचना गर्दै एशिया प्रशान्त क्षेत्र भूराजनीतिक प्रतिस्पर्धाको खेल मैदानमा परिणत हुन नहुने स्पष्ट पारेको छ।
प्रतिक्रिया