विदेश

क्यानाडाको उत्तरी शहर यलो नाइफमा डढेलो, हजारो नागरिक प्रभावित

हिमालय टिभी
२०८० भदौ १ गते ९:१६
क्यानाडाको उत्तरी शहर यलो नाइफमा डढेलो, हजारो नागरिक प्रभावित

१ भदौ २०८० क्यानाडा । डढेलो लागेपछि क्यानाडाको उत्तरी शहर येलो नाइफका हजारौ मानिस सुरक्षित स्थानतर्फ लागेका छन् ।

क्यानाडाको उत्तरमा अवस्थित सबैभन्दा ठूलो शहर मध्येको एक येलो नाइफको बाहिरी क्षेत्रमा डढेलो लागेपछि मानिस स्थानीय विमानस्थल र शहर बाहिरको सडकतर्फ गइरहेका छन् ।

उद्धारका लागि सयौं आपत्कालीन सैन्य उडानहरू तयारी अवस्थामा राखिएको छ । स्थानीय अधिकारीहरूले उत्तरपश्चिम क्षेत्रका २० हजार बासिन्दालाई आज दिउँसोसम्म शहर छोड्न समयसीमा दिएका छन् ।

उत्तरपश्चिमी क्षेत्रका २४० भन्दा बढी जंगल क्षेत्रमा डढेलोपछि त्यहाँ आपत्कालिन अवस्था घोषणा गरिएको थियो । आज र भोलि दुई दिन उत्तरपश्चिमदेखि पश्चिमउत्तरपश्चिम हावाका कारण डढेलो थप शहरतर्फ जाने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *