विदेश

पश्चिमी अफ्रिकाको केप भर्डेमा ६० बढी आप्रवासी मृत फेला

हिमालय टिभी
२०८० साउन ३२ गते ८:०९
पश्चिमी अफ्रिकाको केप भर्डेमा ६० बढी आप्रवासी मृत फेला

३२ साउन २०८० पश्चिमी अफ्रिका । पश्चिमी अफ्रिकाको केप भर्डेमा आप्रवासी बोकेको डुङ्गा फेला पर्दा ६० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।

इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन, आईओएमले १२ देखि १६ वर्षका बालबालिकासहित ३८ जनाको उद्धार गरिएको जनाएको छ । सेनेगल र सियरा लियोनका एक सय भन्दा बढी मानिस सवार डुङ्गा एक महिनादेखि समुन्द्रमै रहेको बताइएको छ ।

घटना कहिले भएको हो भन्नेबारे भने केही खुल्न सकेको छैन । डुङ्गा पहिलो पटक सोमबार भेटिएको थियो । शुरुमा डुङ्गा डुबेको बताइएपनि पछि त्यो बगिरहेको फेला परेको स्पष्ट भएको थियो ।

काठको पिरोग शैलीको डुङ्गा साल टापुबाट करिब ३२० किलोमिटर टाढा एक स्पेनिश माछा मार्ने डुङ्गाले देखेपछि फेला परेको थियो । त्यसपछि सेनेगलको विदेश मन्त्रालयले १०१ जना यात्रु लिएर डुङ्गाले जुलाई १० मा सेनेगल छोडेको बतायो ।

केप भर्डे पश्चिमी अफ्रिकाको तटबाट लगभग ६०० किलोमिटर टाढा स्पेनिस क्यानरी टापुहरूमा समुद्री माइग्रेसन मार्गमा छ जसलाई युरोपियन युनियनको प्रवेशद्वारको रूपमा प्रयोग गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *