खेलकूद

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको विजयी शुरुवात

हिमालय टिभी
२०८० साउन २८ गते ८:५८
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको विजयी शुरुवात

२८ साउन २०८० काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा विजयी शुरुवात गरेको छ ।

नयाँ सिजनको आफ्नो पहिलो खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई २–० ले हरायो । अवे मैदानमा रियलका लागि रोड्रिगो र जुड बेलिंघमले गोल गरे ।

रोड्रिगोले २८औं र बेलिंघमले ३६ औं मिनेटमा गोल गरेका थिए । लिगकै अन्य खेलमा रियल सोसिडाड र जिरोना तथा लास पलमास र मालोर्काले समान ११ को बराबरी खेल्दै अंक बाँडे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्