विदेश

फ्रान्समा आप्रवासी सवार ढुङ्गा दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु

हिमालय टिभी
२०८० साउन २८ गते ८:५४
फ्रान्समा आप्रवासी सवार ढुङ्गा दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु

२८ साउन २०८० पेरिस । फ्रान्सको तटीय क्षेत्रमा आप्रवासी बोकेको डुङ्गा इंग्लिस च्यानलमा दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

दुई जना बेपत्ता छन् । ९ जनाको उद्धार गरिएको छ । मृत्यु हुनेहरु ३० वर्ष उमेर समूहका अफगान युवा रहेको बताइएको छ । क्यालेस नजिकैको समुन्द्रमा डुंगा डुबेको फ्रान्सेली तटरक्षकहरुले जनाएका छन् ।

डुंगामा अधिकांश अफगान आप्रवासी रहेको बताइएको छ । खोजीमा फ्रान्सेली नौसेनाको विमान र हेलिकप्टर परिचालन गरिएको छ। क्षमताभन्दा बढी यात्रु बोकेकाले डुंगा डुबेको उद्धारकर्ताहरुले बताएका छन् ।

सन् २०१८ यता १ लाखभन्दा बढी आप्रवासी उक्त च्यालन हुँदै साना डुङ्गामार्फत बेलायत पुगेको अनुमान गरिएको छ । इंग्लिस च्यानल संसारको सबैभन्दा खतरनाक र व्यस्त ढुवानी मार्गमा पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *