विदेश

अमेरिकाको हवाई राज्यको डढेलोमा मृत्यु हुनेको संख्या ६७ पुग्यो

हिमालय टिभी
२०८० साउन २७ गते १२:५९
अमेरिकाको हवाई राज्यको डढेलोमा मृत्यु हुनेको संख्या ६७ पुग्यो

२७ साउन २०८० न्युयोर्क । अमेरिकाको हवाई राज्यमा सल्किएको डढेलोमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

कयौँ मानिस घाइते भएका छन् । सयौ बेपत्ता छन् । मावी आइल्याण्डमा भएको डढेलोले आइल्याण्ड पूर्णरुपमा नष्ट बनाएको छ ।

उद्धारकर्ताहरु अझै पनि जंगलमा पीडितहरूको खोजीमा छन् । डढेलोबाट मावीका ३५ हजार मानिस विस्थापित भएका छन् । हजारौँ हेक्टर जंगल जलेर नष्ट भएको छ। हवाईमा आपतकाल लागू गरिएको छ।

मंगलबार सुरु भएको आगो बिहीबार अचानक वस्तीमा पसेको थियो । एक वर्षमा करिब २० लाख पर्यटक आकर्षित गर्ने समृद्ध इतिहास भएको तटीय शहर लाहैनामा १ हजार भन्दा बढी भवन ध्वस्त भएका छन्।

हवाईको माउ टापु र बिग आइल्याण्डमा मंगलबार राति शुरु भएको डढेलो बिहिबार अचानक वस्तीमा पसेको थियो । डढेलोको कारण खुल्न सकेको छैन । डढेलोलाई राज्यको इतिहासकै सबैभन्दा ठूलो प्राकृतिक विपत्ति भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *