विदेश

पाकिस्तानमा संसद विघटन

हिमालय टिभी
२०८० साउन २५ गते ७:५१
पाकिस्तानमा संसद विघटन

२५ साउन २०८० इस्लामावाद । पाकिस्तानको संसद् विघटन भएको छ ।

राष्ट्रपति आरिफ अल्वीले तल्लो संसद् विघटन गरेका हुन् । राष्ट्रपति अल्वीले निवर्तमान प्रधानमन्त्री शहबाज शरिफको सल्लाहमा वर्तमान सरकारको कार्यकाल अन्त्य गर्दै गएराति मध्यरातबाट लागू हुनेगरी संसद् भंग गरे ।

सदनको ५ वर्षे संवैधानिक कार्यकाल सकिन तीन दिन बाँकी रहेको थियो । अब कार्यवाहक प्रधानमन्त्रीको नाम टुंगो लगाउन संविधान बमोजिम प्रधानमन्त्री शरिफ र राष्ट्रियसभाका विपक्षी नेतालाई तीन दिनको समय दिइएको छ ।

तोकिएको समयभित्र सहमति नभए अन्तरिम प्रधानमन्त्रीको नाम टुंगो लगाउने जिम्मवारी सभामुखद्वारा गठित समितिको हुनेछ । त्यसपछि समितिले तीन दिनभित्र कार्यवाहक प्रधानमन्त्रीको नाम टुंगो लगाउनेछ । तर समितिले पनि निर्णय लिन नसके कार्यवाहक प्रधानमन्त्रीका दाबेदारको नाम निर्वाचन आयोगमा जानेछ ।

आयोगले दुई दिनभित्र नाम टुंग्याउने छ । संसद् विघटनपछि अब ९० दिनसम्म अन्तरिम सरकारले चुनावी प्रशासन सम्हाल्नेछ । यसअघि संसदमा बोल्दै अन्तरिम सरकार गठनका विषयमा प्रधानमन्त्री शरिफले विपक्षी दलका नेता राजा रियाजसँग छलफल गर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *