विदेश

मानवीय संकट बढ्दै जाँदा गाजामा नयाँ युद्धविरामको सम्भावना कम

हिमालय टिभी
२०८० मंसिर २५ गते ८:२३
मानवीय संकट बढ्दै जाँदा गाजामा नयाँ युद्धविरामको सम्भावना कम

२५ मंसिर २०८० कतार । कतारले गाजामा मानवीय संकट बढ्दै गएको बेला नयाँ युद्धविरामको सम्भावना कम हुँदै गएको जनाएको छ ।

दोहामा आयोजित सम्मेलनमा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले इजरायलको लगातारको बमबारीले नयाँ युद्धविरामका सम्भावना साघुरिँदै गएको बताएका हुन् । उनले युद्धविरामका लागि दुवै पक्षलाई दबाब दिने प्रयास भने जारी राख्ने बताए।

कतारले गत नोभेम्बर अन्त्यमा एक हप्ता लामो विरामका लागि प्रमुख भूमिका खेलेको थियो । अस्थायी युद्धविरामका क्रममा दुवै पक्षबाट बन्धकहरु रिहा गरिएका थिए । यता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने युद्ध पूर्ण स्तरमा भैरहेको भन्दै हमासका दर्जनौं लडाकुले हतियारसहित आत्मसमर्पण गरेको दाबी गरेका छन् ।

हमासले इजरायल वार्तामा नबसेसम्म थप बन्धक नछाड्ने जनाएको छ । अक्टोबर ७ यताको युद्धमा करिब १८ हजार प्यालेस्टाइनी मारिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *