लडाकु समूह हमासद्वारा थप १७ बन्धक मुक्त
१० मंसिर २०८० गाजा । प्यालेष्टाइनी लडाकु समूह हमासले थप १३ इजरायली र चार थाई नागरिक रिहा गरेको छ ।
रिहा भएका बन्धक रेडक्रसलाई सुम्पिएको छ । इजरायलले पनि ३९ प्यालेस्टिनी बन्दीहरूलाई पनि रिहा गरेको छ ।
रिहा गरिएका बन्धकहरू इजरायल आइपुगेको इजरायलको सेनाले जनाएको छ। इजिप्ट र कतारको मध्यस्थतापछि अस्थायी युद्धविराम पछि बन्धक रिहाइमा भएको ढिलाइको समस्या समाधान भएको थियो ।
इजरायल र हमासबीच कतारको मध्यस्थतामा चारदिने अस्थायी युद्धविराम लागू भएको छ । युद्धविरामको अवधिमा हमासले ५० जना बन्धक र इजरायलले १५० प्यालेष्टाइनी बन्दीलाई छाड्ने छ ।
गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि २ सय ४० जनालाई बन्धक बनाएको थियो । यता शुक्रबार युद्धविराम शुरु भएदेखि मानवीय सहायता सामग्री बोकेका ३४० गाडी गाजा पट्टी प्रवेश गरेका छन् ।
ती मध्ये केवल ६५ वटा उत्तरी गाजामा पुगेका थिए । यो संख्या इजरायलले गरेको सहमतिको आधा भन्दा कम रहेको बताइएको छ ।
प्रतिक्रिया