विदेश

नाइजरमा वाग्नर समूहले अस्थिरताको फाइदा उठाएको अमेरिकी आरोप

हिमालय टिभी
२०८० साउन २४ गते ८:१०
नाइजरमा वाग्नर समूहले अस्थिरताको फाइदा उठाएको अमेरिकी आरोप

२४ साउन २०८० न्युयोर्क । वाग्नर समूहले नाइजरमा अस्थिरताको फाइदा उठाइरहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन् ।

बीबीसीसँगको कुराकानीमा उनले रुसी भाडाको सेना वाग्नरले नाइजरमा लाभ लिने प्रयास गरेको जिकिर गरे । छिमेकी देश मालीमा रहेका वाग्नरसँग नाइजरमा कू मा संलग्न नेताले मद्दतका लागि अनुरोध गरेको बताइएको छ ।

यद्यपि नाइजरमा कू का लागि रुस वा वाग्नर जिम्मेवार भने नरहेको उनको भनाइ छ । वाग्नर समूह पुगेको हरेक क्षेत्रमा मृत्यु, विनाश र शोषण भएको उनको जिकिर छ ।

अमेरिका र फ्रान्सले त्यस क्षेत्रमा सक्रिय जिहादी समूहविरुद्ध लड्न नाइजरमा सैन्य अड्डाहरू सञ्चालन गरेका छन् । फ्रान्सलाई माली छोड्न भनिएपछि उसले नाइजरमै मुख्य शिविर बनाएको थियो ।

वाग्नरसँग सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली लगायतका देशमा हजारौं लडाकु रहेको विश्वास गरिन्छ । झण्डै दुई साताअघि राष्ट्रपति मोहम्मद बाजुम अपदस्थ गरेपछि नाइजरमा अहिले जुन्टाले शासन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *