विदेश

युक्रेनको आवासीय भवनमा रुसद्वारा मिसाइल आक्रमण, पाँच जनाको मृत्यु

हिमालय टिभी
२०८० साउन २३ गते ८:२६
युक्रेनको आवासीय भवनमा रुसद्वारा मिसाइल आक्रमण, पाँच जनाको मृत्यु

२३ साउन २०८० युक्रेन । युक्रेनको पूर्वी पोक्रोभस्क शहरको आवासीय भवनमा रुसको मिसाइल आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु छ । ३१ जना घाइते भएका छन् ।

पहिलो आक्रमणमा चार सर्वसाधरण र दोस्रो आक्रमणमा आपतकालीन सेवाका एक अधिकारीको मृत्यु भएको हो । युद्ध अघि यहाँ ६० हजार मानिस बसोबास थियो ।

यस्तै खार्किभ क्षेत्रमा निजी आवासीय भवनमा रुसले आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु र पाँंच जना घाइते भएका छन् । पछिल्लो सयम युक्रेनले रुसको कब्जामा रहेको क्षेत्र फिर्ता लिने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *