विदेश

पाकिस्तान रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो

हिमालय टिभी
२०८० साउन २२ गते ७:४१
पाकिस्तान रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुग्यो

२२ साउन २०८० इस्लामावाद । पाकिस्तानको सिन्ध प्रान्तमा भएको रेल दुर्घटना मृत्यु हुनेको संख्या ३० पुगेको छ।

करिब एक सय जना घाइते भएका छन्। सिन्ध नजिकैको संघार जिल्लाको सरहरि कस्बे स्टेशन नजिक हजारा एक्सप्रेसका रेलका आठ वटा डिब्बा लिकबाट खसेका थिए।

उद्धार टोलीहरूले डिब्बाहरूमा फसेका मानिसहरूलाई निकाल्ने प्रयत्न गरिरहेका छन्। नवाबशाह र नजिकैको सिन्ध जिल्लाका अस्पतालहरूमा सङ्कटकाल घोषणा गरिएको छ। प्रारम्भिक अनुसन्धानले उक्त रेल तीव्र गतीमा नभएको पनि जनाएका छन् ।

एक हजार यात्रु सवार रेल कराचीबाट एबोटाबादतर्फ गइरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *