विदेश

भारतीय प्रधानमन्त्री मोदीविरुद्ध लोकसभामा अविश्वास प्रस्ताव पेस

हिमालय टिभी
२०८० साउन १० गते १४:४०
भारतीय प्रधानमन्त्री मोदीविरुद्ध लोकसभामा अविश्वास प्रस्ताव पेस

१० साउन २०८० नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध तल्लो सदन लोकसभामा अविश्वास प्रस्ताव पेस गरिएको छ । विपक्षी गठबन्धनका सांसदले आज अविश्वास प्रस्ताव पेस गरेका हुन् ।

सभामुख ओम बिडलाले अविश्वास प्रस्ताव स्वीकार गर्दै दलसँग छलफलका आधारमा अविश्वास प्रस्तावमाथि कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् । तर, विपक्षी सांसदले प्रधानमन्त्री मोदीको उपस्थिति माग गरेका थिए ।

प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव पेस गरे पनि विपक्षी गठबन्धनले प्रस्ताव पास हुने विश्वास गरेको छैन । संसदीय कार्य राज्यमन्त्री अर्जुन राम मेघवालले विपक्षीहरुले पेस गरेको अविश्वास प्रस्तावको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका छन् ।

भारतको संसदमा सत्तारुढ गठबन्धन प्रस्ट बहुमतमा छ । तर अविश्वास प्रस्ताव पेस भइसकेपछि संसदमा प्रधानमन्त्रीले अनिवार्य रुपमा सम्बोधन गर्नुपर्ने भएकाले पनि विपक्षी गठबन्धनले प्रधानमन्त्रीलाई संसदमा बोल्न बाध्य पार्न यो प्रस्ताव ल्याएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *