विदेश

सुडानमा भएको हवाई आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु

हिमालय टिभी
२०८० साउन १० गते ९:११
सुडानमा भएको हवाई आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु

१० साउन २०८० सुडान । सुडानको खार्तूममा हवाई आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

युद्धरत जनरलहरूले गरेको हवाई आक्रमण र तोप आक्रमणबाट खार्तूम क्षेत्रमा १६ जनाको मृत्यु भएको हो । खार्तूमको उत्तरपश्चिममा पर्ने ओम्बाडा क्षेत्रमा रहेका सर्वसाधारणका घरमा गोलाबारी हुँदा १६ जना नागरिकको मृत्यु भएको नेइबरहुड समूहलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

नेइबरहुड सुडानमा रहेका केही लोकतन्त्र समर्थक प्रतिरोध समितिहरू मध्ये एक हो । मृत्यु हुनेमा बालबालिका पनि रहेको बताइए पनि मृतक तथा घाइतेको संख्या स्पष्ट भएको छैन ।

सुडानमा सेना प्रमुख अब्देल फतह अल बुरहान र अर्धसैनिक र्‍यापिड फोर्स आरएसएफका कमाण्डर मोहम्मद हमदान डग्लोबीच गत अप्रिल १५ देखि लडाई शुरु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *