विदेश

अफगानिस्तान र पाकिस्तानमा बाढीमा ४४ बढीको मृत्यु

हिमालय टिभी
२०८० साउन ८ गते ८:०२
अफगानिस्तान र पाकिस्तानमा बाढीमा ४४ बढीको मृत्यु

८ साउन २०८० काबुल । अफगानिस्तान र पाकिस्तानमा भारी वर्षा पछि आएको बाढीमा परेर कम्तीमा ४४ जनाको मृत्यु भएको छ । दर्जनौं बेपत्ता छन् ।

पछिल्लो तीन दिनमा बाढीका कारण अफगानिस्तानमा मात्रै ३१ जनाको मृत्यु भएको छ । ७४ जना घाइते भएका छन् भने ४१ जना हराइरहेका छन् । राजधानी काबुल, मैदान वर्दक र गजनी प्रान्तमा भीषण बाढी आएको हो ।

ठूलो खेतीयोग्य जमिन बगाएर नष्ट भएको र काबुल र मध्य बामियान प्रान्तबीचको राजमार्ग बन्द भएको छ ।अफगानिस्तानमा गत वर्ष आएको बाढी पहिरोमा परि कम्तीमा १७ सय मानिसको मृत्यु भएको थियो ।

उता पाकिस्तानमा मनसुन जारी रहँदा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । खैबर पख्तुनख्वा प्रान्तमा भारी वर्षा र चट्याङले कम्तीमा ७४ घरमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *