विदेश

युक्रेनमा क्लस्टर बम प्रयोग भइरहेको अमेरिकी भनाइ

हिमालय टिभी
२०८० साउन ५ गते ८:३७
युक्रेनमा क्लस्टर बम प्रयोग भइरहेको अमेरिकी भनाइ

५ साउन २०८० युक्रेन । युक्रेनमा प्रभावी ढंगले क्लस्टर बम प्रयोग भइरहेको अमेरिकाले बताएको छ ।

युक्रेनले आफ्नो देशमा रुसी सेनाविरुद्ध अमेरिकी क्लस्टर बम प्रयोग गरिरहेको ह्वाइट हाउसले पुष्टि गरेको हो ।

राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले प्रारम्भिक चरणमा युक्रेनी सेनाले रूसी रक्षात्मक स्थिति र अभियानमा बमको प्रयोग प्रभावी रूपमा गरिरहेको बताए । विवादित क्लस्टर बमले धेरै बमहरू छर्ने क्षमता राख्छ ।

यसबाट सर्वसाधरणमा हुने असरका कारण कैयन् देशले प्रतिबन्ध लगाएका छन् । युक्रेनले यसलाई रुसी सैनिकको एकाग्रतालाई हटाउन मात्र प्रयोग गरिने वाचा गरेको छ ।

युक्रेनले आफ्नो ग्रीष्मकालीन जवाफी हमलाका क्रममा गोला बारुदको अभाव भएको चेतावनी दिएपछि अमेरिकाले क्लस्टर बम पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *