विदेश

दक्षिणी युरोपका अधिकांश भूभागमा तापक्रम बढ्ने क्रम जारी

हिमालय टिभी
२०८० साउन ३ गते ९:४८
दक्षिणी युरोपका अधिकांश भूभागमा तापक्रम बढ्ने क्रम जारी

३ साउन २०८० ब्रसेल्स । दक्षिणी युरोपका अधिकांश भूभागमा तापक्रम वृद्धिको क्रम जारी छ ।

युरोप महाद्वीपभर डढेलो लगायतका कारण अत्याधिक गर्मी भइरहेको हो । सिसिलीमा तापक्रम ४६ दशमलव ३ डिग्री सेल्सियसमा पुग्यो ।

ग्रीस र स्विस अलप्समा आगो नियन्त्रणको प्रयास भइरहेको छ । जलवायु परिवर्तनका कारण गर्मीको लहरहरू लामो, थप तीव्र र बारम्बार बनाइरहेको वैज्ञानिकहरुको भनाइ छ ।

अमेरिका र चीनमा बढ्दो तापक्रमदेखि पूर्वी एशियामा भारी वर्षासम्मले विश्वभरका लाखौं मानिसहरू प्रभावित भइरहेका छन् ।

विश्व मौसम विज्ञान संगठनले आगामी वर्षमा गर्मीको लहरहरू अझै गम्भीर हुने र चरम मौसमी ढाँचाले थप जलवायु कार्यको आवश्यकतालाई उजागर गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *