विदेश

चीनमा समुद्री आँधीका कारण जनजीवन प्रभावित

हिमालय टिभी
२०८० साउन २ गते ७:५१
चीनमा समुद्री आँधीका कारण जनजीवन प्रभावित

२ साउन २०८० बेइजिङ । चीनमा शक्तिशाली समुद्री आँधीका कारण जनजीवन प्रभावित भएको छ ।

तालिम नाम दिइएको आँधीबाट बढी प्रभावित गुआन्डोङ प्रान्तका करिब २ लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

१४० किलोमिटर प्रति घण्टाको वेगमा आइरहेको आँधीका कारण दक्षिण तटिय क्षेत्रमा भीषण वर्षा भएको छ । सयौं हवाई र रेल सेवाहरु रद्द गरिएको छ। दर्जनौं तटीय पर्यटक गन्तव्यहरू बन्द गर्न पनि आदेश दिइएको छ।

गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको तटीय क्षेत्रमा भू स्खलनको चेतावनी दिइएको छ । यो आँधी दक्षिण चिनियाँ सागरको बेइबु खाडी तर्फ सर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *