विदेश
दक्षिण कोरियामा बाढी र पहिरोमा मृत्यु हुनेको संख्या ३७ पुग्यो
२०८० साउन १ गते ७:४९
१ साउन २०८० सिउल । दक्षिण कोरियामा भारी वर्षा पछिको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुगेको । नौ जना बेपत्ता छन् ।
उत्तरी चुङचेओङ प्रान्तको चेओङजुमा रहेको सुरुङमा पहिरोले पुरिएका सवारीसाधनसम्म पुग्ने प्रयासमा ९ वटा शव फेल परेको छ ।
ओसोङ शहरको ६ सय ८५ फिट लामो उक्त सुरुङमा पहिरो खस्दा १५ वटा सवारी साधन फसेको अनुमान गरिएको छ । त्यहाँ कति यात्रु थिए भन्ने यकिन हुन नसकेको अधिकारीहरुले जनाएका छन् । नौ जनाको उद्धार गरिएको छ ।
विभिन्न शहरका बाढी प्रभावित हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बाढी पहिरोका कारण देशभरको रेल सेवा अवरुद्ध भएका छन् । मौसम विभागले थप वर्षा हुने जनाएको छ ।
प्रतिक्रिया