विदेश

दक्षिण कोरियामा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या २६ पुग्यो

हिमालय टिभी
२०८० असार ३१ गते ९:३५
दक्षिण कोरियामा बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या २६ पुग्यो

३१ असार २०८० सिउल । दक्षिण कोरियाका भारी वर्षा पछिको बाढी पहिरोमा परी कम्तिमा २६ जनाको मृत्यु भएको छ ।

दश जना वेपत्ता छन् । मृत्यु हुने अधिकांश उत्तर पहाडी ग्योङसाङ क्षेत्रका छन् जहाँ पहिरोले धेरै घरहरू बगाएको थियो। हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

उता उत्तरी चुङचेओङ प्रान्तको चेओङजुमा रहेको सुरुङमा उद्धारकर्ताहरू दिनभर परेको भारी वर्षापछि बाढीले भरिएको सुरुङमा फसेका कारहरूसम्म पुग्न संघर्ष गरिरहेका छन्।

सुरुङमा १९ वटा सवारी साधन फसेको बताइए पनि कति मानिस छन् भन्ने स्पष्ट भैसकेको छैन । बाढी पहिरोका कारण देशभरको रेल सेवा अवरुद्ध भएका छन् । मौसम विभागले थप वर्षा हुने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *