विदेश

करेन्ट लागेर भारतको उत्तर प्रदेशमा पाँच जना बोलबम यात्रीको मृत्यु

हिमालय टिभी
२०८० असार ३१ गते ९:२९
करेन्ट लागेर भारतको उत्तर प्रदेशमा पाँच जना बोलबम यात्रीको मृत्यु

३१ असार २०८० लखनउ। भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा ५ जना बोलबम यात्रीको मृत्यु भएको छ ।

गएराति मेरठ जिल्लाको राली चौहान गाउँमा बोलबम यात्री सवार गाडीको माथिल्लो भाग हाइटेन्सन लाइनको तारमा छोइएको थियो । करेन्ट लागेर १० जना घाइते भएकोमा ५ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

अन्य ५ जना घाइतेको गम्भीर अवस्थामा अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *