विदेश
प्रहरीकै घेराभित्र पूर्वसांसदको गोली हानी हत्या
२०८० वैशाख ३ गते १३:४३

३ वैशाख २०७९ लखनउ । भारतको उत्तर प्रदेशको प्रयागराजमा पूर्व सांसद अतिक अहमद र उनका भाइ अशरफको गोली हानी हत्या गरिएको छ ।
स्वास्थ्य जाँचका लागि लगिँदै गर्दा अस्पताल नजिकै प्रहरीले घेरिएका अहमद र असरफमाथि पत्रकार बनेर आएका आक्रमणकारीले नजिकबाट गोली हानेका थिए । आक्रमणपछि उनीहरुले धार्मिक नारा लगाएका थिए ।
तीनै जना आक्रमणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अतिक अहमदका छोरा असदको पनि बिहीबार झाँसीमा प्रहरीले इन्काउन्टरका नाममा हत्या गरेको थियो।
राजु पाल हत्या प्रकरणमा अहमद र अन्य दुई अभियुक्तलाई आजीवन कारावासको सजाय सुनाइएको थियो भने अशरफलाई सफाइ दिइएको थियो।
प्रतिक्रिया