विदेश
भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद खारेज
२०७९ चैत १० गते १६:४०

१० चैत २०७९ नयाँ दिल्ली । भारतीय कांग्रेसका नेता राहुल गान्धीको सांसद पद रद्द भएको छ ।
भारतको सुरतको अदालतले दुई वर्षको जेल सजाय सुनाएपछि भारतको तल्लो सदन लोकसभा सचिवालयले कांग्रेस नेता गान्धीको संसद सदस्यता रद्द गरेको सूचना निकालेको हो ।
गान्धी केरलाको वानाड निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् । उनले ४ वर्ष पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्दै घृणात्मक अभिव्यक्ति दिएका थिए ।
अभिव्यक्ति विरुद्ध सुरतको एक अदालतले उनीमाथि सजाय सुनाएलगत्तै संसद सचिवालयले उनको सांसद पद खारेज भएको सूचना प्रकाशित गरेको हो ।
अदालतको निर्णयमा चित्त नबुझे गान्धीसँग एक महिनाभित्र उच्च अदालत जाने समय छ । उनी भने तत्कालका लागि जेल जान पर्ने छैन।
प्रतिक्रिया