विदेश
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ आदेश जारी
२०७९ फागुन १६ गते १७:२७

१६ फागुन २०७९ इस्लामावाद । पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ आदेश दिएको छ ।
पाकिस्तानको शक्तिशाली पार्टी (पीटीआई)का अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री खानलाई धरौटीमा छुट्न नसक्ने गरी पक्राउ आदेश जारी गरेको हो ।
पूर्वप्रधानमन्त्री खानले आज प्रतिआतंकवाद अदालत र बैंकिङ कसुरसम्बन्धि मुद्दामा बयान दिएका थिए । बैंकिङ कसुरसम्बन्धी मुद्दामा धरौटी पाए पनि आतंकवादविरुद्धको मुद्दामा भने पुर्पक्षमा राख्न आदेश दिइएको हो ।
आतंकवाद र बैंकिङ कसुरबाहेक खान कर्तव्य ज्यान मुद्दामा समेत अदालत धाइरहेका छन् ।
गत वर्षको तोशाखाना प्रकरणमा मुख्य दोषि करार गर्दै इस्लामाबाद प्रहरीले इमरान खानसहित पीटीआईका नेता तथा कार्यकर्ताविरुद्ध आतंकवादसम्बन्धी मुद्दा चलाएको थियो ।
प्रतिक्रिया