विदेश

सिरियामा अन्तर्राष्ट्रिय मानवीय सहायता नहुँदा भूकम्प प्रभावितको उद्धारमा कठिनाइ

हिमालय टिभी
२०७९ माघ २६ गते ९:११
सिरियामा अन्तर्राष्ट्रिय मानवीय सहायता नहुँदा भूकम्प प्रभावितको उद्धारमा कठिनाइ

२६ माघ २०७९ सिरिया । अन्तर्राष्ट्रिय मानवीय सहायता नहुँदा भूकम्पमा परेर पुरिएकाहरूको उद्धारमा कठिनाइ भएको सिरियाली अधिकारीहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय उद्धारकर्ताको ध्यान टर्कीमा केन्द्रित भएपछि सिरियाली अधिकारीको यस्तो भनाइ सार्वजनिक भएको हो । सिरियाको लागि विश्वव्यापी सहयोग निस्क्रिय देखिएको उनीहरूले बताएको समाचार संस्था अलजजिराले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले भूकम्प प्रभावित टर्की र सिरियामा स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री पठाउने घोषणा गरेको छ । अहिलेसम्म भूकम्पका कारण टर्कीमा ९ हजार ५७ र सिरियामा २ हजार ५ सुय ३० जनाको मृत्यु भइसकेको छ ।

यसैबीच टर्कीका राष्ट्रपति रिसेप तायप इर्दोगानले पूर्व तयारी असम्भव रहेकाले पनि ठूलो क्षति व्यहोर्नुपरेको बताउनुभएको छ । उद्धारको काममा निकै ढिलाई भएको गुनासो बढेपछि उहाँले यस्तो बताउनुभएको हो ।

उद्धारमा ढिलाई हुँदा पनि कतिपयको मृत्यु भएको स्वीकार गर्दै उहाँले अहिले स्थिती नियन्त्रण उन्मुख रहेको पनि बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *